१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४ लाख नगदसहित दमकबाट १७ जुवाडे पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — जुवाको खालबाट प्रहरीले नगदसहित १७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति साढे ११ बजे दमक नगरपालिका-१ स्थित हिमाल देवानको घरभत्रि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

४ लाख नगदसहित दमकबाट १७ जुवाडे पक्राउ

प्रहरी आएको थाहा पाएपछि भाग्ने क्रममा भद्रपुर नगरपालिका-१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

जुवाको खालबाट पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ वर्षीय दिलबहादुर राई, बिर्तामोड नगरपालिका-१ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह नगरपालिका-५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका-४ का ४७ वर्षीय सुविन्द्र सुब्बा, कनकाई नगरपालिका-३ का ३२ वर्षीय मोहन बराल, सुनिल साह, मोरङ ग्रामथान गाउँपालिका-४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ४२ वर्षीय नैनकुमार चौधरी, ४४ वर्षीय रुपेश तामाङ, पथरीशनिश्चरे नगरपालिका ४ का ४० वर्षीय बलराम बस्ने, वडा नम्बर १ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका ११ का २१ वर्षीय निशान पोखरेल, दमक ७ का ४९ वर्षीय कर्ण राई, ४० वर्षीय राजन हादाल र ३४ वर्षीय विनोद थेबे रहेको डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?