कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सुनसरी — कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीले आक्रमणमा परी सुनसरीको बराह क्षेत्र नगरपालिका–११ स्थित मधुवनमा एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो खेतमा घाँस काट्न गएको बेला हात्तीको आक्रमणमा परी मगनी खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट ती महिलाको मृत्यु भएको जानकारी दिएको छ ।


प्रकाशित : आश्विन ४, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?