‘टनेल विधि’ बाट तरकारी दोब्बर- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टनेल विधि’ बाट तरकारी दोब्बर

कान्तिपुर संवाददाता

धनकुटा — टनेल विधिबाट तरकारी खेती गर्दा उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले फाइदा हुने भएपछि गाउँभरि उक्त प्रयोग गर्न थालिएको छ ।

धनकुटा–२ का वडाध्यक्ष समेत रहेका कृषक चन्द्रबहादुर तामाङका अनुसार टनेल बिधिबाट भएको उत्पादन धेरै हुने भएपछि माग बढेको छ ।

चिसो मौसम रहेको पात्ले, निगाले, हिले क्षेत्रमा मौसमी र बेमौसमी तरकारी खेतीका लागि टनेल प्रभावकारी रहेको धनकुटा–१ का कृषक तेजकुमार सिजाली मगरले बताए । पहिले गोलभेडा फलाउन नसकेका उनले टनेलमा गरिएको खेतीले मनग्य उत्पादन भएको बताए ।

धनकुटा–३ पात्लेका गोपाल वाग्ले पनि टनेलमा तरकारी फलाएर मनग्य आम्दानी गर्छन् । उनी खुला स्थानमा भन्दा टनेलमा तरकारी उत्पादन दोब्बर भएको बताउँछन् । धनकुटा–२ भीरगाउका प्रेमबहादुर पाठकले गत चैत्रमा टनेल बनाएर गोलभेंडा लगाए ।

राष्ट्रसंघीय विकास कार्यक्रम र धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा ‘पर्डेप नेपाल’ को व्यवस्थापनमा टनेल विधिमार्फत् खेती गरिएको हो । उक्त कार्यक्रम नगरका झन्डै एक हजार घरमा सञ्चालन गरिएको छ । कार्यक्रमले किसानलाई टनेल र गोलभेंडा, ढिडे खोर्सानी, हात्तिसुढें खोर्सानी, व्रोकाउली, काउली, सागलगायत विउ दिएको थियो । तरकारी बिक्रीका लागि सिजालीमा तरकारी संकलन केन्द्र बनाइएको छ । धनकुटा–३ सिप्तिङका भक्तबहादुर मल्ल र कृष्ण खत्रीले टनेलमा ग्राफ्टिङबाट एभोकाडोको बेर्ना समेत उत्पादन गरेका छन् ।


प्रकाशित : आश्विन ४, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभा सामूहिक हत्याकाण्ड : घटना देखेपछि ५ र ८ वर्षका नाबालकको हत्या 

कान्तिपुर संवाददाता

काठमाडौँ — संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका छन् । यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न भई ५ जनाको समूहले उक्त घटना घटाएको प्रहरीले दाबी गरेको छ । तेजबहादुर कार्की, कमला कार्की र रञ्जना कार्कीको हत्या गरिसकेपछि आरोपीहरूले दुई नाबालकको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रत्यक्ष घटना देखेका कारण ५ वर्षीय गोमा कार्की र ८ वर्षीय दिपेन कार्कीको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 'उक्त घटनाको बेला मृतक नावालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखी हस्त हादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको खुलेको छ,' प्रहरीले भनेको छ ।

यस्तो छ मादी हत्याकाण्ड थप अनुसन्धानसम्बन्धी प्रहरीको प्रेस रिलिज

घटना मिति: २०७८।५।२१ गते

घटनाको विवरण :

घटना समय: अं. ५:२० देखि ०५:४० बजे

मिति २०७८।५।२१ गते विहान अं. ५:२० बजे जिल्ला संखुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउका वर्ष ९० को वौद्ध वहादुर कार्कीको श्रीमति वर्ष ८४ की पार्वता भन्ने पार्वती कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा बुहारी वर्ष ५४ की कमला भन्ने मनमाया कार्की, नातिनी बुहारी वर्ष ३२ की रंजना कार्की, पनाती वर्ष ८ को वपिन भन्ने दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ सदस्यहरुको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पटतथा धारिलो हतियार प्रहार गरि हत्या भएको र उक्त घटनामा निज वौद्ध वहादुर कार्की सकुसल अवस्थामा घरमा फेला परेको । घटनामा संलग्न अभियुक्त रण बहादुर कार्कीको छोरा वर्ष २५ को लोक वहादुर कार्कीलाई मिति २०७८।५।२७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ।

घटनाको थप अनुसन्धान गर्न १ नं. प्रदेश प्रहरी प्रमुख प्रनामनि अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिप्रका संखुवासभाको प्रनाउ लालध्वज सुवेदी, ईप्रका चैनपुरका प्रनि र प्रदेश प्रहरी कार्यालय (RIT) का प्रनि सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि वढाएको ।

पक्राउ परेका अभियुक्तहरू

१. लाल बहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार)

२. खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की ३. लाल बहादुर कार्कीको छोरा वर्ष ४९ को रण बहादुर कार्की

४. रण बहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की

अनुसन्धानबाट खुलेका थप तथ्यहरू :

घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटना अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की नरेश कार्कीसमेत बसी बनाएको । योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको । योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेज कुमार कार्कीको घरमा गई "लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु" भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा बसेको ।

मृतक तेज कुमार कार्की विहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निम्बित गई गुनि रहेको लोक बहादुर लाई "अल्छि अझै सम्म उठेको छैनस्" भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाई नरेश कार्की रण बहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोक बहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकीपछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

घटनाको वेला मृतकले "लोकेले मार्यो, मलाई नमार" भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार" भन्दै तेज बहादुरको श्रीमति र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रंजनानरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक बहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको । उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले वाटो छेकी मुख थुनि लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।

तत्पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको। फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको । पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।

घटना घटनुका कारणहरु:

अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेज कुमारले 'तं जड्याहा किन यसो गर्छस" भनि गालि र खड्ग बहादुरले पनि "तलाई के मतलव तलाई मार्छु" भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई "तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस भन्ने नरेशलाई "तं डुडे काम नलाग्ने भईस" भन्ने र रण बहादुरलाई समेत "तं लठेब्रो केही गर्ने सक्दैनस भन्ने गरेको, जहिले पनि हेत्रे र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको ।

प्रकाशित : आश्विन ४, २०७८ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×