कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्दिर बनाउन डेढ करोड

धनकुटा — डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा महालक्ष्मी नगरपालिका–६ गुठमा एउटा मन्दिर बनाइने भएको छ । ‘नागेश्वर दुग्धनाथ’ मन्दिर बनाउन नगरपालिकाले उक्त रकम खर्च गर्न लागेको हो ।

मन्दिर बनाउन डेढ करोड

१ करोड ५६ लाख ८६ हजार रुपैयाँको लागतमा मन्दिर बनाउन लागेको नगर प्रमुख पर्शुराम नेपालले बताए । शुक्रबार उनैले मन्दिरको शिलान्यास गरेका थिए । जिल्लाकै पुरानोमध्येको उक्त मन्दिरको भवन जीर्ण भएकाले नयाँ बनाउन लागिएको नगरले जनाएको छ ।

मन्दिरमा महन्तहरू बस्न सहज हुने र धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने दाबी गरिएको छ । पुरानो शैलीमा बनाउन लागिएको भवन निर्माणका लागि पुरातत्व विभागअन्तर्गत पुनर्निर्माण प्राधिकरणले ठेक्का लगाएको छ ।

धर्म एस छायाश्वरी दिव्यश्वरी लोकन्थली भक्तपुरले निर्माणको जिम्मा लिएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?