१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापामा माछा मार्दा करेन्ट लागेर युवकको मृत्यु

पर्वत पोर्तेल

झापा — झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका ५ बस्ने  ४० वर्षीय कविराज बुढाथोकीको शनिबार अपरान्ह माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

स्थानीय दिपिनि खोलामा विद्युतीय करेन्टको प्रयोग गरी माछा मार्ने क्रममा घाइते बुढाथोकीको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?