२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

हङकङ सरकारलाई महासंघको ज्ञापनपत्र

प्रदीप मेन्याङ्बो

सुनसरी — हङकङ नेपाली महासंघले हङकङ सरकारलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । हङकङमा नयाँ सुरक्षा कानुन लागू भएपछि पहिलो पटक बिहीबार सिमान्तकृत अल्पसंख्यक समुदायका पदाधिकारीसँग भएको छलफलमा महासंघले ज्ञापनपत्र बुझाएको हो ।

हङकङ सरकारलाई महासंघको ज्ञापनपत्र

हङकङमा सिमान्तकृत अल्पसंख्यक समुदायका पदाधिकारीसँगको छलफलमा मुख्य सचिव जोन केसी लीलाई महासंघका अध्यक्ष टंक राना र बेइजिङ समर्थित डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोगेस अफ हङकङका सदस्य अरुणा गुरुङले नेपाली प्रतिनिधिका तर्फबाट ज्ञापनपत्र बुझाएका थिए । महासंघका अध्यक्ष रानाले टेलिफोन सम्पर्कमा भने, ‘हङकङका सुरक्षा कानुन लागु भएयता पहिलो पटक सरकारले हङकङमा बसोबास गर्दै आएका सिमान्तकृत अल्पसंख्यकको प्रतिनिधिलाई छलफलमा बोलाएको अवसरमा नेपालीहरुको छाता संगठन महासंघका तर्फबाट ज्ञापनपत्र बुझाएका छौं ।’ उनका अनुसार ज्ञापनपत्रमा हङकङमा अल्पसंख्यक नेपाली समुदायले भोग्नुपरेका अनेक समस्यालाई समाधान गर्न सहजीकरण गर्न अनुरोध गरिएको छ ।

गत साता मात्र सरकारले नेपालमा कोभिड खोप लगाएका हङकङ परिचयपत्र बाहक नागरिकलाई आउन दिने घोषणा गरे पनि २१ दिनसम्म महँगो होटल क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानले समस्या भएको विषयमा पनि विचार गर्न अनुरोध गरिएको अध्यक्ष रानाले बताए । उनका अनुसार भाषाका कारण हङकङमा सरकारीस्तरमा रोजगारी गर्ने नेपाली समुदाय अति कम छन् । उनीहरुका लागि सरकारले रोजगारीको अवसर खुलाउन पनि माग गरिएको रानाले बताए ।

हङकङ सरकारले सिमान्तकृत अल्पसंख्यक समुदायलाई लक्षित गरेर ‘स्विटेवल हाउजिङ पोलिसी’ बनाउनुपर्ने, भाषाका कारण रोजगारी पाउन समस्या भएकाले भाषा र शिक्षामा लचिलो नीति अपनाउनुपर्ने माग गरिएको छ ।

विषेशज्ञ चिकित्सकको सेवा पाउन लामो समय पर्खिनुपर्ने र भाषाकै कारण आफ्नो मानसिक र शारीरिक रोगबारे बताउन नसक्दा समस्या भएकाले जीटुजीमार्फत नेपालबाट विशेषज्ञ चिकित्सक र नर्सको व्यवस्था गर्नुपर्नेलगायत मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको महासंघले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?