कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ — वैशाखदेखि बन्द रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर शुक्रबारदेखि खुला गरिएको छ । कोभिड–१९ को संक्रमण केही घटेको र दसैं, तिहारजस्ता चाडपर्व नजिकिएकाले मन्दिर दर्शनार्थीका लागि खुला गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा मन्दिर खुल्यो

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नियमसहित मन्दिर खुला गरिएको हो ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर चढ्दा मास्क लगाइरहन समस्या हुने भएकाले भौतिक दूरी कायम गर्न अनिवार्य गरिने उनको भनाइ छ । ‘३१ सय मिटरसम्म भए सामान्य रूपमा जान सकिन्छ,’ काफ्लेले भने, त्योभन्दा माथि श्वासप्रश्वासमा कठिन हुने भएकाले मास्क लगाउन सम्भव छैन ।’ तीर्थयात्री बस्ने माथिल्लो फेदी, काफ्लेपाटी र सदरमुकाम फुङलिङका होटल तथा लज सञ्चालकलाई पनि दर्शनार्थीलाई व्यवस्थित ढंगले राख्ने व्यवस्था मिलाउन अनुरोध गरिएको उनले बताए । यातायात व्यवसायीलाई पनि यात्रु कम राखेर हिँडाउन अनुरोध गर्ने तयारी समितिको छ ।

पाथीभरामा घटस्थापनादेखि तिहारबीचमा सरदर दैनिक ५ हजार तीर्थयात्री आउने गरेका छन् । सबैभन्दा बढी कोजाग्रत पूर्णिमाको दिन आउँछन् । माथिल्लो फेदीस्थित अस्थायी प्रहरी चौकीका अनुसार दुई वर्षअघि कोजाग्रत पूर्णिमाको एकै दिन १३ हजार तीर्थयात्री आएका थिए ।

प्रकाशित : आश्विन १, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?