संखुवासभा हत्याकाण्ड : अनुसन्धान जारी रहेको प्रहरीको भनाइ

दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिका-१ खोला गााउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले एकजना बाहेक अन्यलाई पक्राउ नगरेको प्रष्ट्याएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्ति जारी गर्दै घटनास्थलमा अनुसन्धान भइरहेको जनाएको छ । 

संखुवासभा हत्याकाण्ड : अनुसन्धान जारी रहेको प्रहरीको भनाइ

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जना प्रहरी अनुसन्धानमा खटिएका छन् । बुधबार विभिन्न अनलाइन सञ्चारमाध्याममा हत्यामा संलग्न थप पक्राउ भन्ने समाचार आएपछि प्रहरीले उक्त समाचार झुटो भएको दाबी गरेको छ । उसले सत्यतथ्य बुझेरमात्र समाचार लेख्न आग्रह गरेको छ । प्रहरीले घटनास्थलमा खानतलासी, सोधपुछ र प्रमाणलगायतका काम गरिरहेको जनाएको छ ।

हत्याको आोपमा गत आइतबार प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । कार्कीमाथि मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको आरोप छ ।

प्रहरीका अनुसार उनले गत भदौ २१ गते सोमबार बिहान तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या गरेका थिए ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?