बेपत्ता बालिका ९ दिनपछि मृत फेला

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीकी ४ वर्षीया बालिका बेपत्ता भएको ९ दिनपछि मृत फेला परेकी छन् । भदौ २१ गते हेवा खोलामा साथीहरुसँगै नुहाउन गएकी गजेन्द्र योङयाको छोरी त्यही क्रममा बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार उनको शव हराएको स्थानदेखि एक किलोमिटर तल ढुंगामा अड्केको अवस्थामा फेला परेको हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको विश्वकर्माले बताए । घटनास्थल सदरमुकाम फिदिमबाट १० किलोमिटर दूरीमा रहेको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?