१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापामा दुई महिलाका शव फेला

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा गाउँपालिका १ सालमारास्थित सानो माई खोलाको किनारमा शुक्रबार एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार नाम, थर वतन नखुलेको सडेको अवस्थामा महिलाको नग्न शव फेला परेको हो । शव खोलाको पानीमा घोप्टो अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।  

शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ । घटना अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रबारै झापा गाउँपालिका ५ सन्थाल बस्तीकी एक महिलाको शव सिकुवामा फेला परेको छ । शव ५५ वर्षीया मञ्जु टुडुको भएको प्रहरीले जनाएको छ ।

यसअघि भदौ २० मा एकै दिन दुई महिलाका शव खोलामा फेला परेको थियो । कन्काईको विरिङ र भद्रपुरको देउनिया खोलामा फेला परेको शवबारे पनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।


प्रकाशित : भाद्र २५, २०७८ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?