कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संखुवासभा सामूहिक हत्या : चार दिन बित्दा पनि घटनामा संलग्‍न पत्ता लागेन

दीपेन्द्र शाक्य

संखुवासभा — मादीमा भएको सामूहिक हत्या घटनामा संलग्‍न खोजीका लागि प्रहरीको पूर्ण शक्ति परिचालन भएको छ । तर घटना भएको ४ दिन बित्दा पनि प्रहरीले कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले स्थानीयबासिन्दा र संचारकर्मीलाई अनुसन्धान सकारात्मकतर्फ उन्मुख भइरहेको मात्रै बताउँदै आएको छ । 

संखुवासभा सामूहिक हत्या : चार दिन बित्दा पनि घटनामा संलग्‍न पत्ता लागेन

घटना भएकै दिनबाट घटनास्थलमा संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा कुकुरसहितको विशेष प्रहरी टोली परिचालित छ । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली अनुसन्धानमा छ । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीसमेत घटनास्थलमा पुगेका छन् ।

यति धेरै प्रहरी परिचालन गरिए पनि घटना भएको चार दिनसम्म अपराधी पक्राउ पर्न सकेका छैनन् । केही 'क्लु' पत्ता लागेको प्रहरी स्रोतले बताए पनि अनुसन्धानमा खटिएका प्रहरीले भने केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्नुले सर्वसाधारणमा त्रास देखिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । 'सर्वसाधारण त्रसित नहुनुहोस्,' उनले भने, 'अनुसन्धानमा सघाउनुस्, अपराधीलाई कारबाहीको दायरामा ल्याउन सबले सहयोग गर्नु पर्छ ।'

एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ अनुसन्धानमा प्राविधिक (टेक्निकल) कोणबाट ठोस उपलब्धि हात नपरेपछि प्रहरी अनुसन्धान मानवीय सुरु गरेको छ । घटना भएको हप्ता दिन र घटनापछिको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

घटनास्थलदेखि करिब १० किलोमिटर दुरीमा रहेको दुई वटा बिटियस टावरबाट कनेक्ट भएका करिब सयभन्दा बढी सक्रिय मोबाइल नम्बरको विश्लेषण गर्दा शंकास्पद केही नदेखिएको प्रहरी स्रोत बताउँछ । त्यस क्षेत्रमा एनसेल र एनटीसी सेवा विस्तर भए पनि मृतक तेजबहादुर कार्कीको घर आसपास दुवै नेटवर्कको रेन्ज कम छ । कार्कीको घरदेखि केही माथि डाँडामा उक्लिएपछि मात्र दुवैको नेटवर्क राम्रो टिप्ने गर्छ ।

सीडीआरको १६ वटै विधिको रिपोर्टअनुसार घटना भएको हप्ता दिनभित्र केही नयाँ व्यक्तिहरू गाउँमा आए पनि प्रत्येकलाई सोधपुछ गर्दा हत्यासँग अहिलेसम्म कुनै 'कनेक्सन' भेटिएको छैन । तर अनुसन्धान टोलीले प्राविधिक कोणबाटै केही ‘क्लु’ भेट्ने आशामा अनुसन्धान भने गरिरहेको प्रहरीको दाबी छ ।

अनुसन्धान टोलीले मृतकहरूले चलाउने ३ वटा मोबाइलसमेत घटनास्थल र घरबाट बरामद गरिसकेको छ । प्राविधिक पाटोमा सहयोग गर्न सीआईबीबाट डिएसपी रुगम कुँवर नेतृत्वको टोली पनि यतिबेला घटनास्थलमै खटिएको छ । प्रहरीको संयुक्त अनुसन्धान टोलीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधी खोजी गरिरहेको छ । सोमबार बिहान तेजबहादुर, उनका आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २४, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?