१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता छन् । हल्दिबारी –१ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका हुन् । 

झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता

१२ बजे राति कोठामा नदेखेपछिसँगै सुतेका रंगकर्मीहरुले परिवारलाई खबर गरेका थिए । परिवारका अनुसार उनको मोबाइल, चप्पल कोठा मै छ । उनी शरीरमाथिको कपडा समेत नलगाई बेपत्ता भएको पीडित परिवारले जनाएको छ । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइएको आमा दिलकुमारीले जानकारी दिइन् ।

पारिवारिक स्रोतका अनुसार दाहाल केही समययता दमकको कदम थिएटरमा सक्रिय थिए । उनी दमकमै बस्थे । नेपाली चलचित्र पशुपति प्रसादमा समेत अभिनय गरेका दाहालले दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?