कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खोटाङमा नेकपा (एस)मा सनाखत गर्ने ११ जनामात्रै

डम्बरसिं राई

खोटाङ — एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित ११ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । मंगलबारसम्म जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा एमाले निवर्तमान अध्यक्ष बबी चाम्लिङलगायत ११ जना निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचन कार्यालय खोटाङमा खनाखत गरेका हुन् ।

नेकपा (एस) खोटाङका सचिव जलशेर राईका अनुसार राईसहित जिल्ला समन्वय समिति सदस्य उदयबहादुर कार्की र रञ्जना राईले सनाखत गरेका हुन् । त्यस्तै बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडा सदस्य हरि चाम्लिङले सनाखत गरेका छन् ।

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेत, केपिलासगढी गाउँपालिका–३ बास्पानीका शिवकुमार राईले पनि नेकपा (एस)मा सनाखत गरेका छन् । अन्य जनप्रतिनिधिहरुलाई भने बाटो–बाटोमा रोकर सनाखत गर्न आउन नसकेको सचिव राईले आरोप लगाए । एमाले खोटाङको ५९ जिल्ला कमिटी सदस्यमध्ये २३ जना नेकपा (एस)मा आएको राईले बताए ।

खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ११ जनाले मात्र सनाखत गरेकाले एमाले विभाजनको खासै असर नपरेको एमाले जिल्ला नेता कुमार आचार्यले बताए । ‘एमालेबाट विजयी दुई सय ३० मध्ये ११ जनाले पार्टी छाड्दा केही असर पर्दैन ।’ आचार्यले भने–‘९८ प्रतिशत जनप्रतिनिधि एमालेमै छन् ।’

प्रकाशित : भाद्र २२, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?