कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

झापामा एकैदिन चार शव फेला

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाका विभिन्न ठाउँमा आइतबार आमाछोरासहित चार शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नगरपालिकास्थित बिरिङ खोलामा ३८ वर्षीया उमा विक र उनका ३ वर्षीय छोरा शिशिरको शव फेला परेको थियो । प्रहरीका अनुसार शिशिरको शव कन्काई ६ स्थित बिरिङ खोलाको बगरमा घोप्टिएको अवस्थामा थियो । 

मोरङ सुनवर्षी नगरपालिकाका दिलीप लोहारकी श्रीमती उमा कन्काई –८ स्थित माइतीघर बस्दै आएकी थिइन् । शनिबार राती माइतीघरबाट नाबालक छोरा च्यापेर निस्केकी थिइन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाए ।

त्यस्तै बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरी बस्ने कचनकवलका भाद्रु राजवंशी मृत भेटिए । उनी अटो चालक हुन् । परिवारले राजवंशीको हत्या आशंका गरेको छ । अनुहारमा चोटैचोट छ । उनको कुटपिट पछि हत्या गरिएको पारिवारको आरोप छ । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । आइतबारै हल्दीबारी गाउँपालिका २ र भद्रपुर नगरपालिका ७ बीचको देउनिया खोलाको किनारमा भद्रपुर ७ बस्ने जीवन बानियाँको श्रीमती ३६ वर्षीया मेनुका बानियाँको शव फेला परेको छ । शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । यो घटनाको पनि प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रकाशित : भाद्र २०, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?