ताप्लेजुङमा जिसस उपप्रमुख नेकपा (एस)मा

आनन्द गौतम

ताप्लेजुङ — जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीसहित १० जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान निर्वाचन आयोगमा नाम बुझाएका छन् । आइतबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा दल बदलका लागि नाम लेखाउनेमा सबै मेरिङदेन गाउँपालिकाका छन् ।

नेपालीसहित जिल्ला समन्वय समिति सदस्य निमा तेञ्जी शेर्पा मेरिङदेन ६ का वडाध्यक्ष ठाकुर सिंह लिम्बु, कार्यपालिका सदस्य रहेका मेरिङदेनका वडा सदस्यहरु मानबहादुर लिम्बु, पूर्णबहादुर कामी, दोर्जी शेर्पा, सूर्यमान बराइली, गजेन्द्रकुमार नाल्वो र दिलमाया नेपाली रहेका छन् ।

कागजात पुगेकाले आइतबार नै सनाखत गराएको र नपुगेकाले जुटाउने काम गरिरहेको नेपालीले बताइन् । उनीहरुलाई लिएर एमाले प्रदेश कमिटी सदस्य अम्बिकाराज भण्डारी, सचिवालय सदस्यहरु नेत्र नेपाली, खेम वनेम, वञ्जावी ओख्रावु र सूर्य बराइली निर्वाचन कार्यालय पुगेका थिए ।

एमाले निर्बाचन क्षेत्र 'ख' का क्षेत्रीय अध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ, मेरिङदेन गाउँपालिका सदस्य लोकमाया केदेम, उदय तुम्वाहाम्फेले पनि समाजवादीमा लागेको बताए । उनीहरु पनि जनप्रतिनिधिसँग निर्वाचन कार्यालयमा गएका थिए । विद्यार्थीहरु विपिन वनेम, पवन हाङगाम र मिङ्मा शेर्पा पनि समाजवादीमा खुलेका छन् ।


प्रकाशित : भाद्र २०, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?