एमालेलाई विश्वासको मत नदिने नांगिएर जान्छ : पोखरेल

देवनारायण साह

मोरङ — एमाले महासचिव ईश्वर पोखरेलले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् ।

एमालेलाई विश्वासको मत नदिने नांगिएर जान्छ : पोखरेल

‘एमालेले विश्वासको मत प्राप्त गर्छ, गर्न सक्छ र गर्नुपर्छ,’ विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘जसले विश्वासको मत दिँदैन, ऊ नांगिएर जान्छ ।’

प्रदेश १ मा एमालेका १० प्रदेश सांसद नेकपा (एस) मा गएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमाले ५१ प्रदेश सांसदबाट ४१ जनामा खुम्चिएको हो ।

यस्तै १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा ५६ सदस्यसहित एकल बहुमत रहेको एमालेका १३ सांसदले नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् ।

अर्को प्रसंगमा महासचिव पोखरेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रस्तुत हुने बताए । ‘एउटा प्रक्रियामा एमसीसीको प्रस्ताव सदनमा रहेको छ तर यसअघि सभामुखज्यूले के भनेर रोक्नुभएको थियो र अहिले के भनेर सदनमा प्रस्तुत गर्नुहुन्छ, हेरौं,’ उनले भने, ‘सभामुखज्यूले सदनमा एमसीसी प्रस्तुत गरेपछि एमालेले दृष्टिकोण बनाउँछ ।’

पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजनाअनुसार ७७ वटै जिल्लामा कार्यकर्ताको भेला गर्ने र पार्टीभित्रको असमझदारीलाई हटाएर एकताबद्ध बनाई अगााडि बढ्ने बताए ।


प्रकाशित : भाद्र २०, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?