१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सुनसरी — नेपाली नक्कली नोटसहित शुक्रबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मध्यहर्साही पेट्रोल पम्प नजिकैबाट ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल पक्राउ परेका हुन् । 

उनीहरू दुवै भारतको बिहारस्थित अररिया जिल्लाको रामनगरका बासिन्दा हुन् । उनीहरूका साथबाट प्रहरीले एक सय दरका नेपाली नक्कली नोट १६ थान र विआर ५०–एस ८४०६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । दुवैलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ४, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?