कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा पर्खाल भत्किएर थिच्दा मिस्त्रीको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा घरको पर्खाल भत्किएर थिच्दा एक मिस्त्रीको मृत्यु भएको छ । झापा गाउँपालिका २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा पर्खाल भत्किएर थिच्दा स्थानीय ३५ वर्षीय रुपेश सिंहको बिहीबार मृत्यु भएको हो ।

मिस्त्री काम गर्ने सिंहलाई घरको पर्खाल भत्काउने क्रममा अचानक भत्किएर थिचेको थियो । घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?