कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रदेश १ का विकट स्वास्थ्य चौकीमा सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण

(सुनसरी) — कोरोनाको तेस्रो लहरको संकेत आइरहेको बेला हङकङ नेपाली महासंघले सोअर एक्सनसँगको सहकार्यमा दोस्रो चरणमा पठाएको सयथान अक्सिजन कन्सन्ट्रेटर पूर्वका विभिन्न जिल्लाका स्वास्थ्य चौकीमा वितरण भइरहेको छ ।

प्रदेश १ का विकट स्वास्थ्य चौकीमा सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण

महासंघका अध्यक्ष टंक रानाकाअनुसार दोस्रो चरणमा प्रदेश १ को ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघु स्वास्थ्य चौकी र फक्ताङलुङ गाउँपालिकाको सिंवा स्वास्थ्य चौकी, पाँचथरको ओयाम स्वास्थ्य चौकी र अमरपुर स्वास्थ्य चौकी, इलामको फिक्कल प्राथमिक स्वास्थ्य चौकी र सांखेजुङ स्वास्थ्य चौकीमा एकएकथान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । उनका अनुसार धनकुटा, संखुवासभा, तेह्रथुमलगायतका जिल्लाका विकट स्वास्थ्य चौकीमा पनि कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।

उनले पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशको स्थानीय तहका विकट स्वास्थ्य केन्द्र छनोट गरेर सयथान कन्सन्ट्रेटर वितरण भइसकेपछि प्रदेश १ का विभिन्न जिल्लामा अक्सिजन कन्सन्ट्रेटर वितरण थालिएको बताए । पहिलो र दोश्रो चरणमा पठाइएका अक्सिजन कन्सन्ट्रेटरको कूल मूल्य नेपालमा करिब ५ करोड ५० लाख रुपैयाँभन्दा बढी पर्ने उनले दाबी गरे ।

अध्यक्ष रानाका अनुसार महासंघले 'हेल्प नेपाल–फाइट कोभिड १९ अभियान' चलाएर हङकङस्थित गैरसरकारी संस्था सोअर एक्सनमार्फत नेपालीहरुका लागि २ सय थान अक्सिजन कन्सन्ट्रेटर जुटाएको हो ।

प्रकाशित : श्रावण १८, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?