२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोना तेस्रो लहरको पूर्वतयारी

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएकी छन् ।

कोरोना तेस्रो लहरको पूर्वतयारी

उनले मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, १४ वटै जिल्ला समन्वय समिति प्रमुख, पालिकाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई तयारीको निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले यस्तो निर्देशन दिएकी हुन् । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने विज्ञहरूको भनाइ सार्वजनिक भइरहेकाले त्यहीअनुसार यसलाई परास्त गर्ने गरी तयारीमा जुट्न उनले भनिन् ।

मन्त्री राईले अस्पतालको क्षमताअनुरूप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । प्रत्येक जिल्लामा गठित डीसीसीएमसीले आ–आफ्ना जिल्लाभित्रका सबै पालिकाहरूको अवस्था, आवश्यकता र तयारीसहित सम्पूर्ण जानकारी र आवश्यक माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न उनले निर्देशन दिइन् ।


प्रकाशित : श्रावण १८, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?