वृद्धभत्ता लिन सास्ती, भीडले संक्रमणको जोखिम- प्रदेश १ - कान्तिपुर समाचार

वृद्धभत्ता लिन सास्ती, भीडले संक्रमणको जोखिम

रमेशचन्द्र अधिकारी

धनकुटा — वृद्धभत्ता लिन वृद्धवृद्धालाई सास्ती भएको छ । धेरै भीड, लामो लाइनमा बस्नुपर्दा उनीहरूलाई सास्ती भएको छ भने संक्रमण फैलने जोखिम उत्तिकै छ । 

धनकुटा बजारस्थित माछापुच्छ्रे बैंक पुगेका ८० वर्षीय धनबहादुर राई भत्ता लिन असाध्यै सास्ती खेप्नुपरेको गुनासो पोख्छन् । बैंकमा खाता मिलाउन आएको बताउने धनकुटा–२ की ७० वर्षीया ज्यानमाया राई आतेजाते गर्दा भत्ताबापतको आधा रकम खर्च हुने बताउँछिन् । बैंकमा दैनिक सयभन्दा बढी ज्येष्ठ नागरिकको भीड हुने गरेको छ ।


विगतमा घरदैलोमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराए पनि सुरक्षाका कारण बैंकमा रकम जम्मा गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए । कतिपय ठाउँमा अनियमितता र असुरक्षासमेत भएकाले बैंकिङ प्रणाली अपनाइएको उनको भनाइ छ ।


प्रकाशित : श्रावण १७, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–भोजपुर खण्डको पञ्चेमा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट भोजपुर बजार जाँदै गरेको १–०१–००१ ख–३४२९ नम्बरको बस पाख्रिबास नगरपालिका–५ पञ्चेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएपछि भित्तामा ठक्कर लागेर बस सडकमा पल्टिएको जिल्ला ट्राफिक इन्चार्ज सुरेन्द्र खड्काले बताए ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकांशको उपचार धनकुटा जिल्ला अस्पतालमा गरिएको छ । जसमध्ये केहीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

बसमा ३५ यात्रु सवार थिए ।

प्रकाशित : श्रावण १०, २०७८ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×