कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शनिबारदेखि झापामा निषेधाज्ञा

पर्वत पोर्तेल

काँकडभिट्टा — जिल्लामा कोरोना संक्रमण दर तीव्र बढ्न थालेको भन्दै  जिल्ला प्रशासन कार्यालय झापाले शनिबारदेखि पूर्ण रुपमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति र पालिकाहरुको बैठकले साउन १६देखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए।

प्रजिअ तिम्सिनाले संक्रमणको चेन ब्रेक गर्न जिल्ला भर एक रुपमा कायम हुने गरी कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय भएको जनाए । यसअघि जिल्लाका १० पूर्ण वा आंशिक रुपमा पालिका सिल गरिएको छ ।

कोरोनाका तेस्रो भेरियन्टसमेत देखा परिसकेकाले सबै स्थानीय तहहरुलाई पूर्व तयारीमा जुट्न समेत बैठकले निर्देशन गरेको छ ।

प्रकाशित : श्रावण १४, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?