१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–भोजपुर खण्डको पञ्चेमा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते

झापाको काँकडभिट्टाबाट भोजपुर बजार जाँदै गरेको १–०१–००१ ख–३४२९ नम्बरको बस पाख्रिबास नगरपालिका–५ पञ्चेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएपछि भित्तामा ठक्कर लागेर बस सडकमा पल्टिएको जिल्ला ट्राफिक इन्चार्ज सुरेन्द्र खड्काले बताए ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकांशको उपचार धनकुटा जिल्ला अस्पतालमा गरिएको छ । जसमध्ये केहीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

बसमा ३५ यात्रु सवार थिए ।

प्रकाशित : श्रावण १०, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?