१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उदयपुरमा खुकुरी प्रहार गरी एकको  हत्या  

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका-८ उतराइटोलमा एक जनाको हत्या भएको छ । बुधबार बिहान ६५ वर्षीय महिकर चौधरिको खुकुरी प्रहार गरी हत्या गरिएको  हो ।

चौधरीलाई उनकै घरमा काम गर्ने उदयपुर त्रियुगा नगरपालिका -१३ पोर्ताहाका ४५ वर्षीय किसन सदाले सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

सदालाई नियन्त्रणमा लिई थय अनुसन्धान गरिरहेको गौतमले बताए । सदालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित : श्रावण ६, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?