३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोनाले दम्पतीको मृत्यु

मोरङ — मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमान्को मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि संक्रमणबाटै मृत्यु भएको छ ।

स्थानीय विवेक मिश्रका अनुसार असार ३१ गते ७८ वर्षीय भैरव राईको तथा आइतबार साँझ ६८ वर्षीया पृथीकलाको मृत्यु भएको हो । परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मिश्रका अनुसार बाँकी चार जनालाई भने निको भइसकेको छ । तीन साताको अवधिका यस वडामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको वडा कार्यालयको तथ्यांक छ । वडा अध्यक्ष राजन पोखरेलका अनुसार निषेधाज्ञा खुकुलो भएलगत्तै वडामा संक्रमितको संख्या बढेपछि एक सातासम्म वडा सिल गरिएको थियो ।

उनका अनुसार निषेधाज्ञा खुकुलो हुनु पहिला वडामा ५० जना संक्रमित थिए । त्यसयता दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको थियो । ९ हजार १ सय २३ जनसंख्या रहेको उक्त वडामा २ सय संक्रमितमध्ये ५० जना सक्रिय संक्रमित छन् । सबै होम आइसोलेसनमा छन् । निषेधाज्ञा खुकुलो भएसँगै बेलबारी नगरका सबै वडामा कोरोना संक्रमित बढेको नगरपालिकाको तथ्यांक छ ।

नगर स्वास्थ्यप्रमुख सन्तोष विश्वकर्माका अनुसार निषेधाज्ञा खुकुलो भएपछि नगरमा थप ७ सय ३ जना संक्रमित पुष्टि भएको छ । नगरमा अहिले पनि २ सय ८५ सक्रिय संक्रमित छन् । विश्वकर्माका अनुसार वडा १, २, ३ र ११ नम्बर सबैभन्दा बढी प्रभावित छन् । बेलबारीमा कोरोनाबाट २५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?