३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

झापामा ट्र्याक्टर र टेम्पो जुध्दा २ को मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — ट्र्याक्टर र टेम्पो जुध्दा शुक्रबार झापामा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–केचना सडक खण्डअन्तर्गत भद्रपुर २ को सगरमाथा भन्ने ठाउँमा मे १ त २८२१ नम्बरको ट्र्याक्टर र मे १ ह ६४१९ नम्बरको टेम्पो एकापसमा ठोक्किएको थियो । दुर्घटनामा भद्रपुर–१ केन्द्रमोड निवासी ३६ वर्षीया छविमाया लिम्बू र अन्दाजी ४० वर्षीय डम्बरबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

घाइतेहरु भद्रपुर–१ केन्द्रमोड ४२ वर्षीय टेम्पो चालक वीरबहादुर लिम्बु र अटोमा सवार ३२ वर्षीय नरबहादुर लिम्बको ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

कचनकवल –३ का ट्र्याक्टर चालक साकगर सिंह राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण १, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?