झापामा पानी सर्किएर युवकको मृत्यु - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा पानी सर्किएर युवकको मृत्यु 

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा भद्रपुरका एक युवकको पानी सर्किएर बिहीबार मृत्यु भएको छ । 

भद्रपुर ६ बस्ने २४ वर्षका अर्पण श्रेष्ठको पानी पिउने क्रममा सर्किएर मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पानी सर्किएर बिरामी भएका श्रेष्ठलाई उपचारका लागि तत्काल मेची अस्पताल प्रादेशिक भद्रपुर पुऱ्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ३१, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, ४ घाइते 

कान्तिपुर संवाददाता

पाल्पा — गुल्मीमा बिहीबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

भे १ च १९४३ नम्बरको जिपले लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तानसेन नगरपालिका–१४, अर्गलीका ३१ वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । मृतक पाण्डे मोटरसाइकलमा सवार थिए ।

धुर्कोटबाट तम्घासका लागि छुटेको जिपले तम्घासबाट छल्दीका लागि छुटेको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेसुंगा नगरपालिकाका अनिल विक, धुर्कोटका सीमकला विक, धुर्कोटकै हरिप्रसाद भण्डारी, जिप चालक धुर्कोटकै रामबहादुर थापा घाइते भएका छन् । घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार ३१, २०७८ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×