२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बीपी प्रतिष्ठानका वरिष्ठ चिकित्सकहरुले पदाधिकारीलाई असहयोग गर्ने

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभागीय प्रमुखहरु, सल्लाहकार परिषद्का सदस्यलगायत ९३ जना वरिष्ठ चिकित्सकहरुले व्यवस्थापन पक्ष र पदाधिकारीहरूलाई असहयोग गर्ने घोषणा गरेका छन् ।

बीपी प्रतिष्ठानका वरिष्ठ चिकित्सकहरुले पदाधिकारीलाई असहयोग गर्ने

बिहीबार प्रतिष्ठान शुद्धिकरण अभियानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले वर्तमान व्यवस्थापन समितिका पदाधिकारीहरुसँग रहेर काम गर्न नसक्ने जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो आस्थाको धरोहर र नेपालको स्वास्थ्य शिक्षा स्वास्थ्य सेवा र अनुसन्धानमा अग्रणी एवं मानक संस्थान रहेको बीपी प्रतिष्ठानमा विगत एक महिनादेखि प्रतिष्ठान शुद्धिकरण अभियानप्रति पूर्ण समर्थन छ । आजैको मितिदेखि यो व्यवस्थापनमा रहेर काम गर्न नसक्ने र यो व्यवस्थापनलाई बहिस्कार गरेको घोषणा गर्दछौं । ’

उनीहरुले प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको संयुक्त संघर्ष समितिले गरेको माग पूरा नभएसम्म प्रतिष्ठान पदाधिकारीले दिएको कुनै पनि जिम्मेवारीमा बहन नगर्ने पनि जनाएका छन् ।

प्रकाशित : असार ३१, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?