कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अदालत परिसरमा कर्मचारी मृत भेटिइन्

विप्लव भट्टराई

इलाम — उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी विमलाकुमारी पराजुली मृत भेटिएकी छिन् । सुरक्षा घेराभित्र रहेको कार्यालय परिसरमा नै ४८ वर्षीया पराजुलीको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । पराजुलीको घर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २८, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?