कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेटिङ गरेर ठेक्का पारिएको भन्दै उजुरी

डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झर्ना पर्यटकीय विकास आयोजनामा सेटिङ गरेर फूल रेटमा ठेक्का पारिएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ ।

पाँच करोड बढीको ठेक्का सेटिङ गरेर फुल रेटमा पारिएको भन्दै विभिन्न निकायमा उजुरी परेको हो ।

करिब पाँच करोड छ लाख रुपैयाँको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ मा पर्ने धिप्लुङ झर्ना पर्यटकीय विकास आयोजनाको काम सम्पन्न गर्ने गरी चैत १ गते टेन्डर आह्वान गरिएको थियो । त्यसपछि चैत ३१ गते ठेक्काको प्राविधिक प्रस्ताव खोलिएको थियो । असार ७ गते आर्थिक प्रस्ताव खोल्नका लागि जेठ ३० गते सूचना प्रकाशित गरिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालको अध्यक्षतामा गठन भएको बोलपत्र मूल्यांकन समितिले सेटिङको आधारमा फूल रेटमा आशीर्वाद पीआर जेभीलाई ठेक्का पारेको भन्दै विभिन्न ठाउँमा उजुरी परेको हो । सार्वजनिक खरिद नियमावलीको नियमअनुसार उक्त गाउँपालिकाकै अध्यक्ष भूपेन्द्र राई, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद नियमावलीको कार्यालय लगायतमा उजुरी दिइएको निर्माण व्यवसायी शम्भू घिमिरेले बताए ।

उक्त आयोजनाका लागि आशीर्वाद पीआर जेभी र स्काइ सगरमाथा जेभीले टेन्डर हालेको थियो । यसमध्ये सेटिङ गरेर फूल रेटमा आशीर्वाद पीआर जेभी कम्पनीलाई ठेक्का पारिएको व्यवसायी घिमिरेले सुनाए ।

गाउँपालिका अध्यक्ष राईले भने स्काइ सगरमाथा जेभी कम्पनीले पेस गरेको प्राविधिक प्रस्तावमा काम गर्न मन्जुर नभएको आरकिटेक इन्जिनियरको डकुमेन्ट पेस गरिएकाले उक्त कम्पनीलाई रिजेक्ट गरिएको बताए ।

प्रकाशित : असार २५, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?