कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चार दिनपछि खुल्यो किमाथांका खाँदबारी सडक

दीपेन्द्र शाक्य

संखुवासभा — चीनको तिब्बतसँग जोड्ने कोसी राजमार्ग चार दिनपछि बिहीबारबाट सञ्चालनमा आएको छ । उत्तर दक्षिण कोसी सडक अन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दा हेदांना सडक खण्ड पहिरो खसेपछि चार दिनबाट अवरुद्ध थियो ।

चार दिनपछि खुल्यो किमाथांका खाँदबारी सडक

उत्तर दक्षिण कोसी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार बिहीबार एक बजेदेखि सडक खण्डमा भएको पहिरो हटाएपछि सञ्चालन भएको हो । भीरबाट पहिरो खसेको र अप्ठेरो ठाउँ भएकाले पहिरो हटाउन चार दिन लागेको उनले बताए । ‘पहिरो करिब सय मिटरमात्र खसेको भएपनि अप्ठेरो ठाउँ थियो’, श्रेष्ठले भने, ‘बल्ल हटाएर यातायातका साधन सञ्चालन गरेका छौं ।’

यो स्थानमा हरेक वर्ष पहिरो खसिरहने उनले बताए । यो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ । पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो । यस्तै, कोसी राजमार्गको माम्लिङ–पिलुवा खोला सडक खण्डमा पनि पहिरो हटेपछि यातायात चलेको छ । ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो खसेर यो सडक पनि तीन दिनबाट अवरुद्ध थियो । यो खडक खण्ड विराटनगर हुँदै धरान–धनकुटा भएर संखुवासभा भित्रिने मुख्य सडक खण्ड हो ।

प्रकाशित : असार २४, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?