कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उदयपुरमा जिपको ठक्करबाट युवकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — कटारी बजारबाट रुपाटार जाँदै गरेको जिप ताप्ली गाउँपालिका–५ डुढेमा पुग्दा उकालो चढ्ने क्रममा ब्याक भइ ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ ।

प्र २–०१–००–१ च–००५० नम्बरको जिप उकालो चढ्ने क्रममा पछाडि सर्दा सोही जिपकै यात्रु २५ वर्षीय रमेश नेपालीलाई ठक्कर दिएको हो । जिप उकालो चढ्न नसकी चिप्लिन गइ ब्याक हुँदा नेपालीलाई जिपले किचेको प्रहरीले जनाएको छ ।

गाडीबाट ओर्लने क्रममा सोही गाडीको टायरले नेपालीको कम्मर मुनिको भाग किच्दा घाइते भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । घाइते नेपालीको उपचारको क्रममा कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

जिपका चालक ताप्लीको रुपाटारका ईश्वर श्रेष्ठ फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २४, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?