१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँचथरमा हत्याका अभियुक्त पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फिदिम नगरपालिका ४ जोरसालका ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्याका अभियुक्त पक्राउ परेका छन् । 

पाँचथरमा हत्याका अभियुक्त पक्राउ

अभियुक्त फिदिम नगरपालिका २ पल्लोटारका ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई प्रहरीले उनकै बासस्थानबाट पक्राउ गरेको हो । पाँचथरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाका अनुसार पक्राउपछि श्रेष्ठलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

यान्त्रिक कार्यालय फिदिममा सुरक्षागार्डको रुपमा कार्यरत श्रेष्ठले धारिलो हतियार प्रहार गरी गत जेठ २९ गते लिम्बूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थापाले बताए । साँध सिमानाको विषयमा पटक/पटक विवाद हुने गरेका उनीहरुबीच घटना भएको दिन दिउँसो खेतमा ब्याड राख्ने क्रममा पानीको विषयमा विवाद भएको थियो ।

प्रकाशित : असार २३, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?