माओवादीद्वारा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध

देवनारायण साह

मोरङ — प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले आइतबार तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गर्दै आएको हो ।

माओवादीद्वारा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध

उपसभामुख सरस्वती पोखरेलले सदन सुरु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि उपसभामुख पोखरेलले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सदन स्थगित गरेकी हुन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नुपर्ने र सदनको रेकर्डबाट उनको भनाइ हटाउनुपर्ने माग गरेका छन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिँदै मन्त्री गुरुङलाई कमिसन खानेलगायतको आरोप लगाउँदै आलोचना गरेका थिए ।

प्रकाशित : असार २०, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?