कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उदयपुरमा बाढीले बगाउँदा एकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुर चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित द्वार खोलाको बाढीमा बगेर शनिबार मध्याह्न एक वृद्धको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगेर चौदण्डीगढी नगरपालिका–७ बेल्टारका ६५ वर्षीय गुमशेर राईको मृत्यु भएको हो ।

दुई दिनयताको अविरल वर्षासँगै द्वार खोलामा बाढी आएको छ । बाढी आएकै समयमा खोला तर्ने क्रममा मृतक राई बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । बेपत्ता राईलाई प्रहरी टोलीले खोजी गर्दा घटनास्थलबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

राईको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि बेल्टार स्वास्थ चौकी पठाइएको छ ।

प्रकाशित : असार १९, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?