२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तीस हजार घुससहित प्राविधिक पक्राउ

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिकामा कार्यरत एक प्राविधिक तीस हजार घुस रकमसहित पक्राउ परेका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नगरपालिकामा खटाएका प्राविधिक राजन पासवान सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका हुन् । 

मंगलबार साँझ पक्राउ परेका सबइञ्जिनियर पासवानले सेवाग्राहीसँग घुस रकम मागेको सूचना पाएपछि अख्तियारसँग समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेले बताए ।

असार मसान्तमा पुनःनिर्माणका लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार मागेका थिए । सिद्धिचरण नगरपालिका वडा नं. १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको डीएसपी काफ्लले बताए ।

प्रकाशित : असार १६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?