२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

खोटाङका स्थानीय तहमा कार्यक्रम पारित

डम्बरसिं राई

खोटाङ — जिल्लाका विभिन्न पालिकाहरूले नीति तथा कार्यक्रम पारित गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चारमाध्यममैत्री नीति तथा कार्यक्रम पारित गरेको छ ।

खोटाङका स्थानीय तहमा कार्यक्रम पारित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सामाजिक विकासलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेको छ । सामाजिक विकासतर्फ ४० करोड ७६ लाख ३५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शिक्षामा ३० करोड ४३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यअन्तर्गत पोषणमा ६ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

साकेला गाउँपालिकामा बिहीबारको गाउँसभालाई कांग्रेसबाट विजयी गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा १ बाँझेच्यानडाडाँका वडाध्यक्ष विजय गुरुङ र वडा ४ मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले गाउँसभा बहिष्कार गरेका थिए । बजेट विषयमा असहमति जनाउँदै गाउँसभा बहिस्कार गरेका हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६२ करोड २८ लाख ३७ हजार ५ सय ९० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यसमा आर्थिक विकासतर्फ ९ प्रतिशत, पूर्वाधारतर्फ २६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १० प्रतिशत र सामाजिक विकासतर्फ ५५ प्रतिशत बजेट विनियोजन गरेको हो ।

खोटेहाङ गाउँपालिकाले ५१ करोड रुपैयाभन्दा बढीको बजेट पारित गरेको छ । जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २ सय ७० रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै ऐंसेलुखर्क गाउँपालिकाले ४० करोड ३९ लाख ८५ हजार ६ सय ९० रुपैयाँको बजेट पारित गरेको छ । रावाबेसी गाउँपालिकाले ३६ करोड ४५ लाख, ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । बराहापोखरी गाउँपालिकाले ३४ करोड ५७ लाख, २८ हजार ३ सय ९० रुपैयाँको बजेट पारित गरेको छ ।

जिल्लाका १० पालिकाहरूमध्ये नौवटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । केपिलासगढी गाउँपालिकाले भने असार १४ गते गाउँसभा गर्ने भएको छ । कोरोना कर्मचारीहरूलाई थला पारेपछि १० गतेभित्रको समयसीमामा गाउँसभा गर्न नसकेको हो ।

प्रकाशित : असार १२, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?