कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धरानमा कोरोनाबाट ३ जनाको मृत्यु

सुनसरी — धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत अवस्थामा धरानका ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

धरानमा कोरोनाबाट ३ जनाको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा एक महिलासहित तीन जनाको मृत्यु भएको हो । मृतकहरुमा धरान–११ बस्ने ७५ वर्षीय वृद्ध पुरुष, धरान–१३ बस्ने ४३ वर्षीया महिला र धरान–५ बस्ने ७९ वर्षीय वृद्ध पुरुष रहेका छन् । प्रवक्ता डा. पोखरेलका अनुसार असार ३ गते कोरोना संक्रमण पुष्टि भएपछि असार ७ गते कोभिड अस्पतालमा भर्ना गरिएका वृद्धको बिहीबार दिउँसो एक बजे मृत्यु भएको थियो । उनको मृत्यु भएको दुई घण्टापछि ४३ वर्षीया महिलाको पनि मृत्यु भएको थियो । उनलाई बिहीबारै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

७९ वर्षीय वृद्ध पुरुषको मृत्यु शुक्रबार बिहान ४ बजेर ५ मिनेटमा भएको थियो । उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक तीन जना पहिलेदेखि दीर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना महामारीको दोस्रो लहरबाट धरानमा मृत्यु हुनेको संख्या योसँगै ६९ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

लामो समय निषेधाज्ञा आदेश जारी गरिए पनि दुई सातायता धरानमा दैनिक ५५ जनादेखि ६० जना संक्रमित देखिएका छन् भने दैनिक एकजनाको मृत्यु हुने क्रम जारी छ । बीपी प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञहरुले भने पछिल्लो एक सातायता जिल्लामा गरिएको निषेधाज्ञा धेरै खुकुलो हुँदै गएकाले कोरोना संक्रमितको संख्या र मृत्यु दर फेरि बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : असार ११, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?