१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संक्रमित सुत्केरीसहित दुईको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — कोरोना संक्रमण भएपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल पुर्‍याइएकी पाँचथरकी एक सुत्केरीको मृत्यु भएको छ ।

कुम्यायक गाउँपालिका ५ की २५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

असार ४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पतालले रेफर गरेको थियो । १० दिनकी सुत्केरी उनको बच्चा र श्रीमान्लाई पनि पोजिटिभ देखिएको चेम्जोङले बताए । ‘श्रीमान् र बच्चा दुवैको अवस्था सामान्य छ,’ चेम्जोङले भने । उनीहरू घरमै आइसोलेसनमा छन् ।

यता, कोरोना संक्रमण भएपछि थप उपचारका लागि काठमाडौं लगिएका ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ साँघुका इन्द्रनारायण चोङबाङको मृत्यु भएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाका अनुसार हेम्स अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

गाउँबाट जिल्ला अस्पताल ल्याइएका उनलाई शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौ लगिएको थियो । मिर्गौलामा पनि समस्या देखिएपछि अस्पतालले बचाउन नसकिएको जानकारी दिएको साँवाले बताए । कोलडाँडा निवासी उनले गाउँको साँघु पार्टीमा खेल मैदान निर्माणमा महत्त्वपूर्ण निर्वाह गरेको अग्नि पौडेलले बताए ।

प्रकाशित : असार ९, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?