कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मोरङ र उदयपुरमा असार १४ गतेसम्म निषेधाज्ञा थप

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार १४ गते मध्यरातिसम्मका लागि आठौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् ।

मोरङ र उदयपुरमा असार १४ गतेसम्म निषेधाज्ञा थप

निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न दिने गरी खुकुलो पार्ने निर्णय भएको प्रजिअ निरौलाले बताए । उनले सार्वजनिक यातायातका साधन, शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने बताए । अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउन प्रजिअ निरौलाले आग्रह गरे ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

यस्तै,उदयपुर जिल्लामा पनि असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उदयपुरमा पनि निषेधाज्ञा खुकुलो पारिएको छ ।

झापा र सुनसरीमा पनि असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित : असार ७, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?