१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ताप्लेजुङ र पाँचथरमा एक साता निषेधाज्ञा थप

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ र पाँचथरमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा एकसाता थपिएको छ । छिमेकी दुवै जिल्लाले असार १४ गते राति १२ बजेसम्मका लागी थप गरेका हुन् ।

ताप्लेजुङमा बिहान ६ देखि १२ बजेसम्म खुल्दै आएको बजार १ बजेसम्मलाई बढाइएको छ । सरकारी कार्यालय आलोपालो गरेर सञ्चालन गर्न आदेशमा भनिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले थप गरेको निषेधाज्ञामा बैंकहरु बिहान १० देखि बेलुका ५ बजेसम्मै खोल्न निर्देशन गरिएको छ । शैक्षिक संस्था भने नखोल्न भनिएको छ । तर प्रशासन कार्यालयले फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका-१ मा मात्रै लागु हुनेछ । जिल्लामा वैशाख २० देखि निषेधाज्ञा लागू हुँदै आएको छ ।

पाँचथरले पनि बैंक पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । निर्माण सामग्री तथा खाद्यान्न ढुवानी र बिक्रीका लागि बिहान ५ देखि १० बजेसम्मको समय तोकिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले पाँचौं पटक निषेधाज्ञा थप गरेका हुन् । पाँचथरमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३६ रहेको छ भने ताप्लेजुङमा तीन सय ३९ जना रहेका छन् ।

प्रकाशित : असार ७, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?