कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा धनकुटा कांग्रेस सचिव थापासहित दुईको मृत्यु

धनकुटा — मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस धनकुटा जिल्ला सचिव ५० वर्षीय कृष्णबहादुर थापासहित दुई जनाको आइतबार राति मृत्यु भएको छ ।

दुर्घटनामा धनकुटा कांग्रेस सचिव थापासहित दुईको मृत्यु

मोरङको सुन्दरहरैचा–९ विराटचोकमा पूर्व पश्चिम राजमार्गमा टिपर र को ३६ प ५९७९ नको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सोही क्रममा पूर्वतर्फ जाँदै गरेका सचिव थापा सवार को २९ प ९५५० नं. को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–७ मुगाका थापासँग सवार सोही ठाउँका २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । टिपरसँग ठक्कर दुर्घटना परेको अर्को मोटरसाइकलमा सवार इटहरी–४ का ३५ वर्षिय दिपु साहको पनि ज्यान गएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेस धनकुटाले थापा निधनको शोकमा तीन दिनसम्म कार्यालय बन्द गर्ने जनाएको छ । थापाको मूलघाटस्थित तमोर नदी किनारमा सोमबार अन्त्येष्टि गरिने कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

प्रकाशित : असार ७, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?