पहिरोले पुरिएर पाँचथरमा एकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर सोमबार बिहान एक जनाको ज्यान गएको छ । इन्द्रावती आधारभूत विद्यालयका शिक्षकसमेत रहेका ५८ वर्षीय टेकराज द्यौरालीको मृत्यु भएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । 

याङवरक–२ को नुवाखोलाबाट ल्याइएको कडरिया कुलो बनाउने क्रममा माथिबाट झरेको पहिरोले द्यौरालीलाई पुरेको योङहाङले बताए । ‘सडकको मुनिबाट कुलो थियो, आज बिहान मुहान सोर्ने क्रममा सडकबाट पहिरो झरेर पुरेछ,’ उनले भने, ‘मान्छे निकालेपछि उहाँको निधन भयो, अर्का एक साथी सामान्य घाइते हुनुभयो ।’ घाइते हुनेमा खड्गप्रसाद राई छन् ।

रोपाइँ गर्ने समय भएकाले कुलो सफा गर्न चार जना गएको योङहाङले जानकारी दिए ।

प्रकाशित : असार ७, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?