२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संखुवासभामा सेप्टिक ट्यांकीभित्र निसास्सिएर २ जनाको मृत्यु 

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपलिका–४ सेकाहामा आइतबार सेप्टिक ट्यांकीमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

शौचालयको नयाँ सेप्टिक ट्यांकीको भित्री ढलान खोल्ने क्रममा ट्यांकीभित्र छिरेका खाँदबारी–४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय तारावीर गुरुङ बेहोस भएका थिए । त्यसपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए ।

स्थानीय नरेश गुरुङको नयाँ घरको सेप्टिक ट्यांकीभित्रको ढलान खोल्न भनेर पहिले ईश्वर भित्र पसेका थिए । ईश्वर भित्र बेहोस भएको देखेपछि उद्धारका लागि गएका तारावीर पनि बेहोस भएका थिए । स्थानीयबासिन्दाले ट्यांकी फुटाएर दुवै जनालाई बाहिर निकालेका थिए ।

घटनाबारे स्थलगत रुपमा प्रहरी निरीक्षक कविन राईको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ । दुवै जनाको शव सोमबार पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ७, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?