कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पत्रकार र वन कर्मचारी भन्दै ठगी गर्नेे दुई जना पक्राउ

मोरङ — पत्रकार र वनका कर्मचारीको नाममा धम्क्याएर रकम असुली गर्दै गर्ने रतुवामाई नगरपालिका–१० स्थित माइबेनी स:मिलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार र वन कर्मचारी भन्दै ठगी गर्नेे दुई जना पक्राउ

सुनसरीको इटहरी उपमहानगर–६ जुटविकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

चौहान र सिग्देलले मोरङका विभिन्न काठ व्यवसायीहरुलाई आफूहरु पत्रकार र वनको कर्मचारी भएको भन्दै तेल आवश्यक रहेकाले सहयोग गर्न अन्यथा अप्ठेरो हुने धम्की दिँदै रकम उठाउँदै आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

रतुवामाई–१० स्थित पूर्णबहादुर श्रेष्ठको माइबेनी स:मिलमा रकम असुलीका लागि पुगेको बेला प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ । चौहानको साथबाट २५ हजार ९ सय ९५ र सिग्देलको साथबाट ७ हजार नगद बरामद भएको राईले बताए ।

उनीहरुको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद एक ठेली, रकम उठाएको अभिलेख भएको डायरी, कान्तिपुर पोस्टको बजार व्यवस्थापक परिचय पत्र, जनमत साप्ताहिक र बराह साप्ताहिकको संवाददाता परिचय पत्रसमेत बरामद भएको उनले बताए ।

उनीहरुको डायरीमा भएको अभिलेख अनुसार जिल्लास्थित २५ जना काठ व्यवसायीहरुबाट ११ हजार ५ सयदेखि डेढ हजारसम्म गरी ८८ हजार १ सय रुपैयाँ उठाएको राईले बताए ।

पक्राउ परेका दुवै जनालाई ठगी कसुरमा थप अनुसन्धान भइरहेको राईले बताए ।

प्रकाशित : असार ६, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?