मोरङमा ७ लाख नगद र गाँजासहित ६ जना पक्राउ

मोरङ — प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय छन् । 

मोरङमा ७ लाख नगद र गाँजासहित ६ जना पक्राउ

सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धरान उपमहानगरपालिका १३ सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई र धनकुटाको सहिदभूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राईलाई पक्राउ परेका प्रहरीले जनाएको छ ।

यस्तै, भारतको अररिया फार्बिजगन्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिप्राघाट विसनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार पक्राउ परेका हुन् ।

को१च २४१२ नम्बरको मारुती भ्यानमा जाँदै गरेका बेला सुरक्षा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार गरी कूल ७ लाख १९ हजार ८ सय बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

उनीहरुलाई अनुसन्धान गर्ने क्रममा बरामद भएको रकम गाँजा खरिद बिक्रीको भएको खुलेको उनले बताए । त्यसपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले विराटनगर ६ रामपुरस्थित झाडीमा लुकाएर राखेको १८ किलो गाँजासमेत बरामद भएको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागूऔषध कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

प्रकाशित : असार ६, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?