कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

धनकुटा — धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धर्मलाल श्रेष्ठको बिहीबार निधन भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोल निवासी ७९ वर्षीय श्रेष्ठको अपराह्न साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चिकित्सकले घर लैजान सुझाव दिएपछि फर्काउँदै गर्दा उनको बाटैमा निधन भएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

श्रेष्ठको बिहीबार साँझ मूलघाटस्थित तमोर नदी किनारमा अन्त्येष्टि गरिएको छ । उनी २०५८ देखि ०६२ सालसम्म दुई कार्यकाल उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए ।

प्रकाशित : असार ३, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?