कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ताप्लेजुङका ५९ वडा बाढीपहिरोको जोखिममा

आनन्द गौतम

ताप्लेजुङ — साताअघि मिक्वाखोला गाउँपालिका ४ साँवाको पक्की पुल बाढीले बगायो । फुङफुङे झरना झर्ने खोलामा आएको बाढीले पुल बगाउँदा मिक्वाखोला ४ र ५ पापुङको आवतजावत अवरुद्ध भयो ।

ताप्लेजुङका ५९ वडा बाढीपहिरोको जोखिममा

बाढीले पैदल तथा मोटरबाटो क्षतविक्षत बनाएको स्थानीय विजय साँवा बताउँछन् । जिल्लामा हरेक वर्ष बाढीपहिरोबाट ठूलो धनजनको क्षति हुँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सदरमुकाम फुङलिङका दुई वटाबाहेक जिल्लाका अन्य ५९ वडा बाढीपहिरोको जोखिममा रहेको बताउँछन् ।

जिल्लामा एक नगरपालिका, आठ गाउँपालिकामा गरी ६१ वडा छन् । जिल्लामा ठाडा खहरे खोला अधिक रहेकाले पनि जोखिम उच्च रहेको पाण्डेको बुझाइ छ । फुङलिङ नगरपालिका ६, ९, ८ मा पहिरोको जोखिम पनि उच्च छ । वडा ६ र ९ को सिमानामा रहेको हाङदेवाको पहिरो ठूलो पहिरोको रूपमा समेत परिचित छ ।

विपत्पूर्वको सचेतनाका लागि सञ्चार माध्यमको प्रयोगदेखि स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरिएको जिल्ला विपत् व्यवस्थापन समितिको दाबी छ । विपत्को सामना गर्न गाउँका प्रहरी चौकी र सदरमुकामका सेना, सशस्त्र र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रजिअ पाण्डेले बताए 

प्रकाशित : असार ३, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?