२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मोरङमा असार ७ सम्म निषेधाज्ञा

मोरङ — कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि असार ७ गते मध्यरातिसम्मका लागि सातौं पटक निषेधाज्ञा अवधि थप गरेको हो ।

यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञा अवधिभरि असारबाट शैक्षिक सत्र सुरु हुने भएकाले भौतिक दूरी कायम गरी बिहान ११ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन मोरङले व्यवस्था गरेको छ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्थाअनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।

अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?