२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झापामा निषेधाज्ञा असार ७ सम्म थपियो

काँकडभिट्टा — जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए ।

बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, पुस्तक र हार्डवेयर पसल बिहान ६ देखि १० बजेसम्म खोल्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?